मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
neplays.com · Sat Aug 29 05:56:00 GMT 2026
अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको लागि मंगोलियाका राष्ट्रिय टोलीका आउटसाइड हिटर उरानबायर मंखबायरलाई अनुबन्ध गरेको छ ।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगमा प्रतिस्पर्धा गर्न अन्नपूर्ण स्पाइकर किंग्सले मंगोलियाका स्टार स्पाइकर उरानबायरलाई आफ्नो टोलीमा भित्र्याएको हो । उनको आगमनले टोलीको आक्रमणलाई थप बलियो, प्रभावकारी र सन्तुलित बनाउने विश्वास क्लबले लिएको छ ।
Read full story at source (neplays.com)