गौरीटार रङ्गशाला उद्घाटन, आगामी आवमा थप पूर्वाधार निर्माण गरिने
neplays.com · Sun May 31 17:07:28 GMT 2026
बागमती, १७ जेठः बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडास्थित गौरीटार रंगशालाको स्तरोन्नति गरिने बताउनुभएको छ । प्रदेश सरकारको लगानीमा निर्माण भएको रंगशाला उद्घाटन गर्नुहुँदै उहाँले यस आयोजनालाई प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा अघि बढाउने बताउनुभयो ।
आगामी आर्थिक वर्षमा रङ्गशालामा प्याराफिट निर्माण गरिने उहाँको भनाइ छ । साथै रङ्गशाला परिसरमा हेल्थ डेक्स, स्वीमिङ पुल, सिन्थटिक ट्रयाकलगायतका पूर्वाधार पनि निर्माण गरिने उहाँले बताउनुभयो ।
Read full story at source (neplays.com)