गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
barnanmedia.com · Wed Jul 15 22:12:59 GMT 2026

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती सामुदायिक वनभित्र सञ्चालनमा रहेको जटायु रेष्टुरेन्ट अहिले गिद्ध संरक्षणको सफल नमूनासँगै पर्यटकीय तथा अध्ययन–अनुसन्धान केन्द्रका रूपमा विकास हुँदै गएको छ ।
नाम सुन्दा मानिसका लागि सञ्चालन गरिएको रेष्टुरेन्टजस्तो लागे पनि यो गिद्धका लागि सुरक्षित आहार उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको संरक्षण केन्द्र हो । पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधिका कारण गिद्धको सङ्ख्या तीव्र रूपमा घट्न थालेपछि समुदाय, संरक्षणकर्मी र सरोकारवालाको सहकार्यमा सन् २००६ मा जटायु रेष्टुरेन्ट स्थापना गरिएको थियो । डाइक्लोफेनेकयुक्त औषधि प्रयोग गरिएका पशुको सिनो खाँदा गिद्धको मृत्यु हुने तथ्य पुष्टि भएपछि नेपालमा उक्त औषधिको प्रयोगमा रोक लगाइएको थियो ।
Read full story at source (barnanmedia.com)