रसुवा बाढी: पहिचान नभएका शवहरूको डीएनए संकलन गरी माटोमुनि व्यवस्थापन गरिँदै
techpana.com · Sat Aug 29 06:00:48 GMT 2026

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि चितवन जिल्लामा संकलन भएकामध्ये पहिचान हुन नसकेका २२९ वटा शवहरूको डीएनए नमुना संकलन गरी व्यवस्थापन गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय चितवनले गरेको छ । शवहरू सडेगलेको र संक्रमणको जोखिम बढेको भन्दै प्रशासनले यस्तो बाध्यात्मक निर्णय लिएको बताएको छ।
प्रशासनका अनुसार हालसम्म जिल्लाका विभिन्न स्थानबाट २३३ वटा शव संकलन भएका छन्। तीमध्ये ४ वटा शवको मात्र पहिचान भएको र बाँकी २२९ वटा शवहरू होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थाहरूमा राखिएको छ। नदी तटबाट संकलन भएका यी शव तथा शवका अवशेषहरू सडेगलेको र अब पहिचान गर्न नसकिने अवस्थामा पुगेको सूचनामा उल्लेख छ।
Read full story at source (techpana.com)