एनभीएलले नेपाली भलिबललाई नयाँ उचाइमा पुर्याउनेछ : प्रशिक्षक भट्ट
barnanmedia.com · Thu Jul 16 00:59:38 GMT 2026
नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्टले पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभीएल) ले नेपाली भलिबललाई नयाँ उचाइमा पुर्याउने बताएका छन् ।
एनभीएलको फ्रेन्चाइज टिम अन्नपूर्ण सुपर किङ्सले बुधबार आयोजना गरेको आफ्नो ब्रान्ड एम्बासडर घोषणा कार्यक्रममा प्रशिक्षक भट्टले एनभीएल यस लिगमार्फत् खेल र खेलाडीको लागि राम्रो हुने बताए । ‘यो लिगले नेपालको राष्ट्रिय खेललाई माथि ल्याउने छ । अहिले नै यसको भिजुलाइज हुन थालेको छ । यो लिग कमर्सियल रुपमा अगाडि आएको छ र भलिबल खेललाई पनि उचाइ दिनेछ । यसले खेलाडी विदेश जाने क्रम पनि रोक्नेछ’ राष्ट्रिय खेलकुद परिषद तालिकम तथा प्रशिक्षक विभागमा उपनिर्देशक समेत रहेका भट्टले भने ।
Read full story at source (barnanmedia.com)