पोखरामा विश्वकप फुटबल फाइनल: ११ स्थानमा प्रत्यक्ष प्रसारणको व्यवस्था
nepalviews.com · Thu Jul 16 01:15:16 GMT 2026
काठमाडौं । पोखरा महानगरपालिकाले २०२६ फिफा विश्वकपको फाइनल खेल सामूहिक रूपमा हेर्ने विशेष व्यवस्था मिलाएको छ। आगामी आइतबार हुने अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित फाइनल खेल पोखराका ११ वटा विभिन्न स्थानमा ठूलो एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिने भएको छ।
महानगरका मेयर धनराज आचार्यले पृथ्वीचोक र हल्लनचोकसहितका ११ स्थानमा खेलको प्रत्यक्ष प्रसारण गरिने जानकारी दिएका हुन्। फुटबलप्रेमीहरूलाई एकै ठाउँमा भेला भएर विश्वकपको रोमाञ्चकता अनुभव गर्ने अवसर प्रदान गर्ने तथा खेलप्रेम र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल गरिएको महानगरले जनाएको छ।
Read full story at source (nepalviews.com)