रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
barnanmedia.com · Sat Jun 06 07:02:31 GMT 2026

रूसले सेन्ट पिटर्सबर्ग नजिकै २५ वटा ड्रोन खसालेको दाबी गरेको छ । जहाँ मस्कोले आफ्नो प्रमुख आर्थिक मञ्च सञ्चालन गरिरहेको छ । क्षेत्रीय गभर्नर अलेक्जान्डर ड्रोज्डेन्कोले शनिबार टेलिग्राममार्फत जानकारी दिँदै २५ वटा मानवरहित हवाई यन्त्र (ड्रोन) खसालिएको र सैन्य कारबाही जारी रहेको बताएका छन् ।
यसैबिच, बुधबार युक्रेनी ड्रोनहरूले सेन्ट पिटर्सबर्गस्थित एक तेल प्रशोधन केन्द्र र सैन्य अड्डालाई निशाना बनाएका थिए । उक्त घटना ‘रूसको डाभोस’ भनेर चिनिने सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च सुरु भएको पहिलो दिन भएको हो ।
Read full story at source (barnanmedia.com)