नारायणी नदीमा पानीको बहाव बढेपछि भरतपुरका बस्ती जोखिममा, मन्त्रालयको टोली परिचालन
ratopati.com · Sat Aug 29 06:16:42 GMT 2026

काठमाडौँ। रसुवातर्फबाट आएको बाढीका कारण त्रिशुली हुँदै नारायणी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। बाढीका कारण भरतपुर महानगरपालिका–१७ स्थित माझुवा बस्ती लगायत पश्चिम चितवनका बस्तीहरू जोखिममा परेका छन्।
नदीले धार परिवर्तन गर्न सक्ने अवस्था सिर्जना भएको छ। जोखिममा परेका नागरिकप्रति गहिरो चासो व्यक्त गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय पूर्ण रूपमा परिचालित भइसकेको जानकारी दिएका छन्।
Read full story at source (ratopati.com)