बाढी प्रभावितको राहतका लागि क्यानले ३० लाख रुपैयाँ सहयोग गर्ने
nepalpress.com · Sat Aug 29 06:17:10 GMT 2026

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) हालै देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
क्यानले शनिबार जारी गरेको विज्ञप्तिमार्फत विपद्बाट प्रभावित नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको हो।
Read full story at source (nepalpress.com)