गुल्मीमा कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध
barnanmedia.com · Sat Aug 29 06:18:26 GMT 2026

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीका कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध भएका छन् । आज बिहान कालीगण्डकी गाउँपालिका–४ स्थित पाती खोलामा आएको बाढी तथा वडा नं २ राक्सेमा माथिबाट खसेको पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)