पानीको बहाव बढेपछि सप्तकोसीको २१ ढोका खोलियो
kathmandupati.com · Thu Jul 16 01:37:37 GMT 2026

काठमाण्डु – सप्तकोसीमा पानीको बहाव बढेको छ । बुधबार राति कोसी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको छ ।
पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ। बहाब बढेपछि कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ। ब्यारेजका ५२ वटा मूल ढोका र चार वटा नहर गरी ५६ वटा ढोका रहेका छन्।
Read full story at source (kathmandupati.com)