सुस्त सिक्टा सिँचाइ आयोजना: २० वर्षमा आधा काम, लागत १३ अर्बबाट बढेर ५३
nagariknews.nagariknetwork.com · Thu Jul 16 01:20:21 GMT 2026

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्माण सुरु भएको दुई दशक भयो। आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको यो आयोजनाको भौतिक प्रगति मा २०८२/८३ सम्म ५०.५ प्रतिशत मात्र छ। यो अवधिमा पूर्वाधार निर्माणतर्फ २४ अर्ब रुपैयाँ खर्च भइसकेको छ। आयोजना सम्पन्न हुँदासम्म ५२ अर्ब ८९ करोड रुपैयाँ राज्यले खर्च गर्नुपर्ने देखिएको छ।
यो आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैयास्थित राप्ती नदीमा तीन सय १७ मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी ४२ हजार सात सय ६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ। नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको यो आयोजनाको पश्चिम मूल नहरबाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ।
Read full story at source (nagariknews.nagariknetwork.com)