भारतले दियो सुरक्षा परिषद् सुधारमा जोड
hamrakura.com · Thu Jul 16 00:00:00 GMT 2026
न्यूयोर्क । भारतले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को व्यापक सुधार अब थप टार्न नसकिने विषय भएको भन्दै विश्व संस्थाहरूलाई वर्तमान यथार्थअनुकूल बनाउन तत्काल कदम चाल्न आह्वान गरेको छ । भारतले सुरक्षा परिषद्सँगै महासभाको भूमिका सुदृढ गर्न र आर्थिक तथा सामाजिक परिषद् (इकोसोक) लाई थप प्रभावकारी बनाउँदै बहुपक्षीय प्रणालीलाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउनुपर्नेमा जोड दिएको छ ।
संयुक्त राष्ट्र महासभाले ‘भविष्यका लागि सम्झौता’ को समीक्षा गर्न आयोजना गरेको अनौपचारिक बैठकअन्तर्गत ‘भविष्यका लागि बहुपक्षवाद’ विषयक मन्त्रिस्तरीय गोलमेच कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि राजदूत हरिश पर्वथानेनीले वर्तमान विश्व संरचनाले समकालीन वास्तविकता प्रतिबिम्बित गर्न नसकेको बताए ।
Read full story at source (hamrakura.com)