रसुवामा सिँचाइ कुलो मर्मत
barnanmedia.com · Thu Jul 16 01:42:47 GMT 2026

कृषि उत्पादन वृद्धि गर्दै जिल्लालाई अर्गानिक कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ डिभिजन सिँचाइ कार्यालयले चालु आर्थिक वर्षमा १६ सिँचाइ कुलोको मर्मत तथा स्तरोन्नति गरेको छ । यसबाट छ हजार ७०० भन्दा बढी किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
डिभिजन सिँचाइ कार्यालयका प्रमुख सुवास बानियाँका अनुसार कार्यालयले एक बहुवर्षीय र २० वटा क्रमागत गरी २१ सिँचाइ आयोजना निर्माण तथा स्तरोन्नतिको काम पनि अघि बढाइरहेको छ । किसानको आवश्यकता र स्थानीय मागलाई प्राथमिकतामा राखेर सिँचाइ पूर्वाधार विस्तारलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।
Read full story at source (barnanmedia.com)