पहिरोका कारण मदन भण्डारी राजमार्ग अवरुद्ध
gorkhapatraonline.com · Sat Aug 29 06:19:49 GMT 2026

पहिरोका कारण मदन भण्डारी राजमार्गको तम्घास—रिडी सडक अवरुद्ध भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ गौडाकोटमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।
पहिरो पन्छाउनका लागि एक्साभेटर प्रयोग गरिएको र केही समयमा नै सवारी आवत जावतलाई सहज बनाइने गुल्मी दरबार गाउँपालिकाका प्रेस सल्लाहकार नविन कार्कीले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)