पोखराबाट भरुवा बन्दुकसहित ३ जना पक्राउ
onlinekhabar.com · Thu Jul 16 02:23:03 GMT 2026

३२ असार, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका मझेरीपाटनबाट भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीय अजय नेपाली, २६ वर्षीय सन्जय नेपाली र ३० वर्षीय साजन विश्वकर्मा छन् । प्रहरीले उनीहरुलाई गएराति दस बजे पक्राउ गरेको जनाएको छ ।
Read full story at source (onlinekhabar.com)