इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : डब्लुएचओ
barnanmedia.com · Sun May 31 21:15:01 GMT 2026

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमा बन्दी पुनर्विचार गर्न आग्रह गर्नुभएको छ ।
कङ्गोको उत्तरपूर्वी इटुरी प्रान्तको राजधानी बुनियामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ता प्रतिबन्धहरूले रोग नियन्त्रण प्रयासलाई कठिन बनाउने मात्र होइन, पारदर्शिता र विश्वासलाई पनि कमजोर पार्न सक्ने बताउनुभयो । उहाँले ‘विश्वास र पारदर्शिता नै जीवन बचाउने आधार हुन्’ भन्दै प्रतिबन्धहरू पुनः मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।
Read full story at source (barnanmedia.com)