बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
ratopati.com · Thu Jul 16 02:56:04 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई लगातार ६० दिनभन्दा बढी समयदेखि आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम बिदा स्वीकृत नगराई अनुपस्थित रहेका ती कर्मचारीहरूलाई सेवाबाट किन नहटाउने भनी प्रश्न गरेको छ। सूचनामा उल्लेख भए अनुसार चित्तबुझ्दो कारण नभएमा उनीहरूलाई सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय हुन सक्ने चेतावनी दिइएको छ।
Read full story at source (ratopati.com)