महिला प्रहरी बलात्कार आरोपमा प्रहरी निरिक्षक पक्राउ
newsofnepal.com · Sun Oct 02 13:22:12 GMT 2022
धादिङ, १६ असोज । आफ्नै अंगरक्षक लाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक अपूर्व ढुंगानालाई आइतबार पक्राउ गरिएको छ। आफूमाथी जबरजस्ती करणी गरेको ती महिला प्रहरीले जिल्ला प्रहरी कार्यालयका प्रमुख राकेश सिंहसमक्ष उजुरी गरेपछि छानबिनका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको धादिङका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले बताउनुभयो।
डीउटीमा बसेकी महिला प्रहरीले आफूमाथी अन्याय भएकोले न्याय पाउँ भन्दै उजुरी गरिएको थियो । महिला प्रहरी बस्ने क्वटरमै गएर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ ।
Read full story at source (newsofnepal.com)