अमेरिकी भिसाको अवधि नाघेर नबस्न अमेरिकी दूतावासको आग्रह, उल्लङ्घन गरे भिसा रद्ददेखि निष्कासनसम्मको कारबाही हुन सक्ने
aarthiknews.com

काठमाडौं। संयुक्त राज्य अमेरिकाको दूतावासले अमेरिकी भिसामा अमेरिका जाने सबै विदेशी नागरिकलाई आफ्नो स्वीकृत बसाइ अवधि (पिरियड अफ एडमिसन) को पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। दूतावासले स्वीकृत अवधि नाघेर बस्दा भिसा रद्द हुने, निष्कासन हुने तथा भविष्यमा अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएको छ।
दूतावासका अनुसार ओभरस्टे भनेको फर्म आइ–९४ (आगमन/प्रस्थान अभिलेख) मा उल्लेख गरिएको स्वीकृत बसाइ अवधि समाप्त भएपछि पनि अमेरिकामै बसिरहनु हो। भिसामा छापिएको म्यादभन्दा फर्म आइ–९४ मा उल्लेख भएको ‘बस्न पाउने अन्तिम मिति’ नै कानुनी रूपमा अमेरिकामा बस्न पाउने अन्तिम मिति हुने स्पष्ट पारिएको छ।
Read full story at source (aarthiknews.com)