ठुला विद्युतीय सार्वजनिक सवारी साधन खरिदमा ८० प्रतिशतसम्म ऋण पाइने
nepalviews.com · Thu Jul 16 03:15:10 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक यातायातको क्षेत्रमा ठुला विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न ऋण प्रवाहको सीमा बढाएको छ। अब बैंक तथा वित्तीय संस्थाहरूले यस्ता सवारी साधन खरिदका लागि मूल्यको ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेछन्।
यसअघि सबै प्रकारका सवारी साधन खरिद गर्दा ६० प्रतिशतसम्म मात्र ऋण पाइने व्यवस्था थियो। हाल 'जेनजी' आन्दोलनबाट प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानका क्षतिग्रस्त सवारी साधन प्रतिस्थापनका लागि दिइने ८० प्रतिशतको सीमालाई विस्तार गर्दै अब यात्रुबाहक ठुला विद्युतीय सवारी साधनमा समेत लागू गरिएको हो।
Read full story at source (nepalviews.com)