२३ जना स्वास्थ्यकर्मीसँग स्पष्टीकरण माग, १५ दिनको अल्टिमेटम
nepalviews.com · Thu Jul 16 03:30:34 GMT 2026

काठमाडौं । लामो समयदेखि विना जानकारी कार्यालयमा अनुपस्थित रहँदै आएका २३ जना स्वास्थ्यकर्मीहरूसँग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित कर्मचारीहरूलाई १५ दिनभित्र चित्तबुझ्दो सफाइ पेश गर्न निर्देशन दिएको छ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) अनुसार बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका उनीहरूलाई सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने भनी मन्त्रालयले प्रश्न गरेको हो।
Read full story at source (nepalviews.com)