पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
kendrabindu.com · Thu Jul 16 03:41:23 GMT 2026

काठमाडौं । वर्षापछि पहिरो खस्दा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ। यो सडकको बागलुङ खण्ड गए रातिदेखि पहिराको कारण आवतजावत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
जैमिनी नगरपालिका–८ बेलबगर स्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो। सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।
Read full story at source (kendrabindu.com)