म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध
clickmandu.com · Thu Jul 16 05:34:07 GMT 2026

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध बनेको छ । दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहका उपकरणमा चट्याङले क्षति पु¥याएपछि यस परियोजनाबाट विद्युत् सेवा उपभोग गरिरहेका करिब ४०० घर विद्युत् सुविधाबाट वञ्चित भएका छन् ।
चट्याङले विद्युत्गृहको एलसी प्लेट जलेको र उपकरण मर्मतका लागि बुटवल पठाइएको परियोजनाका अपरेटर हर्कबहादुर पुर्जाले जानकारी दिए । उनका अनुसार यस परियोजनाबाट लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दाले विद्युत् सुविधा उपभोग गर्दैै आएका थिए ।
Read full story at source (clickmandu.com)