‘गौँथली’ को टिकट बुकिङ खुला, एकल रिलिजको फाइदा उठाउँदै बलियो ओपनिङको अपेक्षा
kalakarmi.com · Thu Jul 16 05:51:11 GMT 2026

काठमाडौं– नेपाली फिल्म उद्योग यतिबेला नयाँ फिल्मको खडेरीबाट गुज्रिरहेको छ । गत जेठयता प्रदर्शनमा आएका अधिकांश नेपाली फिल्महरूले अपेक्षाअनुसारको व्यापार गर्न नसक्दा अहिले देशभरका हलहरूमा हलिउड र बलिउड फिल्महरूको दवदवा देखिएको छ ।
यस्तो अवस्थामा भोलि साउन १ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘गौँथली’ ले उद्योगमा नयाँ आशा जगाएको छ । प्रदर्शनअघि नै सकारात्मक चर्चा बटुलिरहेको ‘गौँथली’ को देशभरका अधिकांश मल्टिप्लेक्स तथा सिंगल स्क्रिन हलहरूमा टिकट बुकिङ खुला भइसकेको छ । सोमवार काठमाडौंमा आयोजित विशेष प्रिमियरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएपछि यसको व्यापारिक सम्भावनाप्रति फिल्मकर्मी तथा वितरकहरू आशावादी देखिएका छन् ।
Read full story at source (kalakarmi.com)