‘भूस्वर्ग’ बडीमालिकामा आन्तरिक पर्यटकको आकर्षण
newsofnepal.com · Thu Jul 16 06:03:06 GMT 2026

बाजुरा ।
एक समय जनैपूर्णिमाको अवसरमा मात्र तीर्थयात्री र भक्तजनको भीड लाग्ने बाजुराको सुप्रसिद्ध बडीमालिका क्षेत्र पछिल्ला वर्षहरूमा वर्षभरि नै आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको छ । धार्मिक आस्था, अनुपम प्राकृतिक सौन्दर्य, २२ पाटनका रंगीचंगी फूल, दुर्लभ जडीबुटी, चराचुरुङ्गी तथा त्रिवेणी धामको आध्यात्मिक महत्वले अहिले बडीमालिका नेपालकै प्रमुख पर्वतीय धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । विशेष गरी असारदेखि कात्तिकसम्म मौसम अनुकूल हुने भएकाले दैनिक रूपमा दर्जनौँ पर्यटक बडीमालिकाको यात्रा गरिरहेका छन् । स्थानीय पर्यटन व्यवसायीका अनुसार पछिल्लो समय काठमाडौँ, भक्तपुर, पोखरा, चितवन, नेपालगन्ज, धनगढी, सुर्खेतलगायतका विभिन्न स्थानबाट समूह बनाएर पर्यटक आउने क्रम उल्लेख्य रूपमा बढेको छ ।
Read full story at source (newsofnepal.com)