गँड्यौला मलले बढायो उत्पादन
gorkhapatraonline.com · Mon Jun 01 00:55:40 GMT 2026

सन्धिखर्क नगरपालिका–७, खाँचीकोटका युवा कृषक मधु केसीले डेढ दशकभन्दा बढीदेखि व्यावसायिक कृषि उद्यम गर्दै आउनुभएको छ । एक समय गाईभैँसीको गोबर मल र रासायनिक मल प्रयोग गरेर खेती गर्ने केसी अहिले पूर्ण रूपमा गँड्यौला मलमा निर्भर हुनुहुन्छ । गँड्यौला मलको प्रयोगले उत्पादन र आम्दानी दुवै उल्लेख्य रूपमा बढेको छ । “गँड्यौला मल प्रयोग गर्न थालेपछि तरकारीको उत्पादन झन्डै दोब्बर भएको छ,” केसीले भन्नुभयो, “गोबर मलभन्दा गँड्यौला मलले बिरुवा स्वस्थ बनाउने, राम्रोसँग हुर्काउने र बढी फल दिने गर्छ ।”
उहाँले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरिरहनुभएको छ । प्लास्टिक टनेलभित्र र बाहिर वर्षभरि तरकारी उत्पादन हुन्छ । गोबर मल प्रयोग गर्दा चार/पाँच किलो फल्ने गोलभेँडाको बोटले गँड्यौला मल प्रयोग गरेपछि सात किलोसम्म उत्पादन दिएको केसीले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)