महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
annapurnapost.com · Thu Jul 16 06:10:43 GMT 2026

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही समयमा सुरु हुने बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिहरूबीच छलफल हुन लागेको हो।
भेटमा महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Read full story at source (annapurnapost.com)