मिटरब्याज पीडित र सरकारबीच निर्णायक वार्ता हुँदै, लिखित सहमतिमै अडिग पीडित
aarthiknews.com

रौतहट । मिटरब्याज तथा ठगीविरुद्ध आन्दोलनरत किसान–मजदुर र गृहमन्त्री सुधन गुरुङबीच बिहीबार तेस्रो चरणको निर्णायक वार्ता हुँदैछ । बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो १२ बजे बस्ने वार्तामा छ बुँदे मागमा सहमति जुटाउने प्रयास हुनेछ ।
यसअघि मंगलबार र बुधबार भएका दुई चरणका वार्ता निष्कर्षविहीन भएपछि आजको छलफललाई दुवै पक्षले महत्वका साथ लिएका छन् । गृहमन्त्री गुरुङ पीडितको माग सम्बोधनका लागि सोमबारदेखि नै बारामा रहेर वार्तामा सहभागी हुँदै आएका छन् ।
Read full story at source (aarthiknews.com)