रुस, चीन र इरानका नेताहरु एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै
barnanmedia.com · Sat Aug 29 06:42:07 GMT 2026

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित इरान र भारतका नेताहरू सोमबार किर्गिस्तान जाने भएका छन् । उनीहरू पश्चिमी प्रभावको प्रति-सन्तुलनका रूपमा हेरिएको साङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने छन् ।
एससीओको २५औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने दुई दिने सम्मेलनमा करिब एक दर्जन राष्ट्र प्रमुख सहभागी हुने छन् । समूहमा रुस, चीन, भारत, पाकिस्तान, इरान, मध्य एसियाका चार राष्ट्र तथा रुसको सहयोगी बेलारुस सदस्य छन् । पुटिन र सीले बहुध्रुवीय विश्वको आफ्नो अवधारणा अघि बढाउन तथा पश्चिमविरुद्ध साझा धारणा प्रस्तुत गर्न एससीओका बैठकलाई प्रयोग गर्दै आएका छन् ।
Read full story at source (barnanmedia.com)