ए३८० पखेटामा चिरा, १६ विमान जाँचमा
barnanmedia.com · Wed Jun 24 21:15:00 GMT 2026

विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमान ए३८० का केही जहाजको पखेटाभित्र रहेको मुख्य संरचनात्मक भागमा चिरा देखिएपछि विमान निर्माता एयरबसले १६ वटा सुपरजम्बो विमानको विशेष निरीक्षण गर्ने भएको छ । प्रभावित विमानमध्ये अधिकांश एमिरेट्स एयरलाइन्सले सञ्चालन गरिरहेका छन् ।
युरोपेली सङ्घ (इयु) को उड्डयन सुरक्षा निकाय इएएसएले नियमित मर्मत परीक्षणका क्रममा पखेटाको महत्त्वपूर्ण संरचनामा समस्या भेटिएपछि सम्बन्धित विमानहरूको तत्काल निरीक्षण गर्न निर्देशन दिएको एयरबसले जनाएको छ । पखेटाभित्र रहेको उक्त संरचनात्मक बीमले उडानका क्रममा विमानमा पर्ने ठूलो वायुगतिकीय भार वहन गर्ने गर्दछ ।
Read full story at source (barnanmedia.com)