बिजुलीको बिलमा भोलिदेखि नयाँ नियम, ५० युनिटमाथिको खपतमा ५ प्रतिशत भ्याट
ictsamachar.com

काठमाडौं । सरकारले साउन १ गते (भोलि) देखि लागू हुने नयाँ कर व्यवस्थाअनुसार घरायसी विद्युत् उपभोक्तामाथि मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने तयारी पूरा गरेको छ । यससँगै नेपाल विद्युत् प्राधिकरणले नयाँ व्यवस्था कार्यान्वयनका लागि आफ्नो बिलिङ प्रणाली तथा सफ्टवेयर अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठका अनुसार साउन १ गतेपछि जारी हुने सबै विद्युत् बिलमा नयाँ कर प्रणाली स्वत: समावेश हुने गरी प्रणाली परिमार्जन भइरहेको छ । यसका लागि प्राधिकरणले भ्याटमा दर्ता हुने प्रक्रिया पनि पूरा गरिसकेको छ ।
Read full story at source (ictsamachar.com)