स्थानीय तहसँग समन्वय गरेर उद्धार र राहतलाई तिव्रता प्रधानमन्त्रीलाई आङदेम्बेको आग्रह
onlinekhabar.com · Sat Aug 29 06:46:04 GMT 2026

१३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर नेता आङदेम्बेले प्रधानमन्त्री शाहसँग करिब आधा घण्टा छलफल गर्दै ९ बुँदे लिखित ध्यानाकर्षण पत्र बुझाएका हुन्। यसअघि आफैँ नुवाकोट लगायतका क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेका आङदेम्बेले त्यहाँ देखिएका समस्या समाधानका लागि सरकारको तत्काल ध्यानाकर्षण गराएका हुन्। निरीक्षणकै क्रममा उनले गृहमन्त्री सुधन गुरुङलाई समेत भेटेर अवस्थाबारे जानकारी गराएका थिए।
Read full story at source (onlinekhabar.com)