सरकारको नीतिअनुसार मल बिक्री वितरण भइरहेको साल्ट ट्रेडिङको दाबी
ajakoartha.com · Thu Jul 16 07:22:00 GMT 2026

काठमाडौं - खेतीको समसयमा मलको हाहाकार भैरहँदा चितवनस्थित साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयले सरकारको नीति अनुसार नै मल वितरण भएको जनाएको छ । आर्थिक वर्ष २०८२र८३ को हालसम्म जिल्लामा ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र चार हजार ९४३ बोरा पोटास मल बिक्री वितरण गरिसकेको छ।
हाल कार्यालयबाट नौ हजार २०० बोरा युरिया र एक हजार बोरा डीएपी बिक्री भइरहेको छ। थप बिक्रीका लागि कार्यालयमा सात हजार ८०२ बोरा युरिया, दुई हजार ८६६ बोरा डीएपी र १२ हजार ४२५ बोरा पोटास मौज्दात रहेको कार्यालयले जनाएको छ।
Read full story at source (ajakoartha.com)