उपभोक्ताको हकहित संरक्षणका लागि सरकारको ध्यानाकर्षण
nepalpress.com · Thu Jul 16 07:22:34 GMT 2026

काठमाडौं । उपभोक्ता जागरण अभियान नेपालले उपभोक्ताको हक हित संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई भेटेर अभियानको टोलीले वस्तु र सेवा बजारमा सुशासन कायम गर्न सुझावसहितको ध्यानाकर्षण गराएको हो । अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली नेतृत्वको टोलीले उपभोग्य वस्तु र सेवा क्षेत्रको सार्थक र प्रभावकारी अनुगमन गरी आम उपभोक्ताको हित संरक्षण गराउने तर्फ मुख्य सचिव कार्कीलाई अनुरोध गरेको छ ।
Read full story at source (nepalpress.com)