तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
ratopati.com · Thu Jul 16 07:28:37 GMT 2026

काठमाडौँ । पूर्वको काँकडभिट्टा, सुनसरी र मोरङ जिल्लाका सिमानामा तस्करसँग ‘साँठगाँठ’ गरेको आशंकमा सशस्त्र प्रहरीले सो क्षेत्रमा कार्यरत कर्मचारीहरूमाथि छानबिन गरिरहेको छ । छानबिनका लागि असार १० मा सो क्षेत्रका ३ जना कर्मचारीलाई हेडक्वार्टर झिकाइएको थियो । अहिले थप ८ जनालाई छानबिनको लागि हेडक्वार्टरमा तानिएको छ ।
छानबिनको दायरामा दुई जना डीएसपी पनि छन् । सुनसरीस्थित सीमा सुरक्षा गुल्ममा कार्यरत डीएसपी शमशेर कार्की र यसअघि झापाको काँकडभिट्टामा बसेर अहिले इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेतीलाई छानबिनका लागि बलम्बुस्थित सशस्त्रको हेडक्वार्टरमा तानिएको हो ।
Read full story at source (ratopati.com)