प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि थापा–अधिकारीको पोल्टामा
gorkhapatraonline.com · Mon Jun 01 02:25:45 GMT 2026
जिल्ला ब्याडमिन्टन सङ्घ गुल्मीको आयोजनामा तम्घासमा सम्पन्न प्रथम लुम्बिनी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष खुला डबल्सतर्फको उपाधि टासु युनाइटेड गुल्मीका विवेक अधिकारी र डेविड थापा मगरको जोडीले जितेको छ। विजेता जोडीले नगद ४० हजार रुपियाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा जिल्ला ब्याडमिन्टन सङ्घ गुल्मीका विवेक न्यौपाने र सञ्जोग थापाको जोडी उपविजेता बन्दै २५ हजार रुपियाँ प्राप्त गर्न सफल भयो। मदन खड्का–अरविन श्रीपाली तथा रविन केसी–हिमान्सु कुँवरको जोडी संयुक्त तृतीय हुँदै १५ हजार रुपियाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका सचिव चतुर्भुज पन्थीले जानकारी दिनुभयो।
Read full story at source (gorkhapatraonline.com)