सीमामा तस्करसँग 'कनेक्सन': दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी हेडक्वार्टर तानिए
canadanepal.com · Thu Jul 16 07:36:27 GMT 2026

काठमाडौँ- पूर्वी नाकाहरू काँकडभिट्टा, सुनसरी र मोरङका सीमा क्षेत्रमा तस्करहरूसँग 'साँठगाँठ' गरेको गम्भीर आशंकामा सशस्त्र प्रहरी बलले आफ्नै दुई जना डीएसपीसहित ११ जना कर्मचारीमाथि छानबिन सुरु गरेको छ। सङ्गठनको नीति विपरीत कार्य गरेको र तस्करीमा सघाएको आरोप लागेपछि उनीहरूलाई जिम्मेवारीबाट हटाई बलम्बुस्थित प्रधान कार्यालय (हेडक्वार्टर) तानिएको हो।
सशस्त्र प्रहरी कानुन निर्देशनालयले अहिले दुई जना डीएसपी, इन्स्पेक्टर, सई र हवल्दारसहितका कर्मचारीमाथि सूक्ष्म अनुसन्धान गरिरहेको छ। छानबिनको दायरामा परेका उच्च अधिकृतहरूमा सुनसरीस्थित सीमा सुरक्षा गुल्ममा कार्यरत डीएसपी शमशेर कार्की र झापाको काँकडभिट्टामा कार्यरत रही हाल इलाम पुगेका डीएसपी लोकनाथ उप्रेती रहेका छन्।
Read full story at source (canadanepal.com)