साफ महिला च्याम्पियनसिप: नेपालकाे सेमिफाइनल प्रतिद्वन्द्वी बंगलादेश
nagariknews.nagariknetwork.com · Mon Jun 01 02:22:51 GMT 2026
नियमित कप्तान तथा गोलकिपर अन्जिला तुम्बापो सुब्बालाई आराम दिएको खेलमा नेपालले जित निकाल्दै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।
गोवामा आइतबार भएको समूह ‘ए’ को दोस्रो तथा निर्णायक खेलमा नेपालले श्रीलंकामाथि २–० को जित निकाल्यो। यो जितसँगै तीन राष्ट्र रहेको समूहमा नेपाल विजेता बन्यो। नेपालले अब सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता बंगलादेशसँग आगामी जुन ३ तारिखमा खेल्नेछ। आइतबार नै भएको खेलमा भारतले बंगलादेशमाथि २–० को जितसँगै समूहविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको हो। माल्दिभ्समाथि जित निकालेको साबिक विजेता बंगलादेश भने उपविजेता बन्यो। नेपाल र श्रीलंका दुवै टोलीलाई सेमिफाइनलमा पुग्न जितको विकल्प थिएन। ७६१ दर्शकको साथ पाएको जवहारलाल नेरु स्टेडियममा नेपाली टोलीले बाजी मार्यो।
Read full story at source (nagariknews.nagariknetwork.com)