नेपाली भूमिबारे प्रधानमन्त्रीको अभिव्यक्ति ‘दब्बु, बोधो र हल्का देखियो’, माफी माग्नुपर्छ : विप्लव
himalpress.com · Mon Jun 01 02:36:28 GMT 2026

काठमाडौँ- नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द्र (विप्लव)ले सीमा विवादसम्बन्धमा प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले संसदमा नेपाल–भारत सीमा विवादबारे ‘भारतले पनि मिचेको छ, नेपालले पनि मिचेको छ’भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै विप्लवले त्यसलाई असहनीय, निन्दनीय र गैरजिम्मेवार टिप्पणी भनेका हुन्।
सामाजिक सञ्जालमा भिडिओमार्फत प्रतिक्रिया जारी गर्दै उनले नेपाल–भारत सीमा विवाद दुवै देशको कमजोरीको परिणाम नभई भारतले लामो समयदेखि नेपालको भूभाग मिच्दै आएको विषय भएको दाबी गरे।
Read full story at source (himalpress.com)