भोटेकोशी बाढीः महोत्तरीका १० जना सम्पर्कविहीन
gorkhapatraonline.com · Thu Aug 27 10:19:11 GMT 2026

भोेटेकोशीको बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् । रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत र कामविशेषले त्यता गएकाहरु सम्पर्कविहीन भएका हुन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्पर्कविहीनको अवस्था यकिन गर्न प्रयत्न भइरहेको जानकारी दिनुभयो ।
बर्दिबास-३ का सौभाग्य बिष्ट, बर्दिबास-९ की जोया राना मगर, पिपरा-३ का विकास यादव, औरही-३ का सचिनकुमार यादव, गौशाला-९ का विजय थापामगर, लोहारपट्टि–७ का युवराज पाण्डे र गौशाला-८ बेलगाछीका शीतल लुङ्गेली, निजकी पत्नी सरिता लुङ्गेली तथा छोरा साइमन लुङ्गेली सम्पर्कविहीन भएका हुन् । उनीहरु विद्युत् उत्पादन केन्द्रमा कार्यरत रहेका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । बुधबार बिहान ८:०० बजेपछि छोरासँग सम्पर्क नभएको सौभाग्य बिष्टका पिता ध्रुवकुमार बिष्टले बताउनुभयो । रासस
Read full story at source (gorkhapatraonline.com)