पुल बनेसँगै जोडिए दुर्गम गाउँ
gorkhapatraonline.com · Mon Jun 01 03:07:00 GMT 2026

सिन्धुपाल्चोकको दुर्गम गाउँ लिदी, पाङ्गर्पु, बोल्दे र गुम्बालाई मोटरेबल पुलमार्फत जोडिएको छ । बर्सौंपछि जुगल गाउँपालिका–२ र ३ स्थित ब्रह्मायणी नदीमा पक्की पुल बनेसँगै दुर्गम गाउँ जोडिएका हुन् ।
चालिस मेगावाटको बलेफी इनर्जी हाइड्रोपावर कम्पनीले पुल निर्माण गरेपछि बर्सौंदेखिको स्थानीयको पीडा सहजतामा बदलिएको छ । जुगल गाउँपालिकाका अध्यक्ष रेसम स्याङ्बोले कम्पनीले सात करोड रुपियाँ लागतमा पुल निर्माण गरेको बताउनुभयो । गत वर्षबाट निर्माण सुरु भएको पुल १३ महिनाभित्र सम्पन्न भएको हो । ५१ मिटर लम्बाइ र ४.२ मिटर चौडाइ रहेको पुलको क्षमता ४० टन रहेको छ । पुल निर्माण भएसँगै अहिले यातायातका साधन सञ्चालन हुन थालेको बलेफी इनर्जी हाइड्रोपावर प्रालिका अध्यक्ष दिलकुमार श्रेष्ठले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)