सिटिजन्स बैंकद्वारा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न
baahrakhari.com · Thu Jul 16 08:51:39 GMT 2026

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८२र८३ मा विभिन्न वित्तीय साक्षरताका कार्यक्रम आयोजना गरेको छ । सातवटै प्रदेशमा रहेका आफ्ना १४८ शाखा कार्यालयबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको हो ।
बैंकको कोसी प्रदेशका २०, मधेसका २१, वाग्मतीका ४३, गण्डकीका १३, लुम्बिनीका ३२, कर्णालीका ९ तथा सुदूरपश्चिम प्रदेशका १० शाखामार्पmत विभिन्न वर्गलाई वित्तीय साक्षरताका कार्यक्रमको आयोजना गरिएको हो । यसबाट करिब दश हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको छ ।
Read full story at source (baahrakhari.com)