बुद्ध एयरको आग्रह: सहज भाडादरसँगै अतिरिक्त ३०० रुपैयाँ छुट, राहत सामग्रीको हवाई ढुवानी निःशुल्क
kendrabindu.com · Sat Aug 29 07:00:59 GMT 2026

काठमाडौं । बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।
कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद गर्दा थप ३०० रुपैयाँ छुट उपलब्ध गराउने तथा राहत सामग्रीको हवाई ढुवानी निःशुल्क गर्ने व्यवस्था गरेको बताएको छ । कम्पनीले जारी गरेको सूचनामा भदौ १० गते भोटेकोशी क्षेत्रमा गएको बाढी–पहिरोबाट भएको जनधनको अपूरणीय क्षतिप्रति आफूहरू सुरुदेखि नै गम्भीर रहेको उल्लेख गरेको छ ।
Read full story at source (kendrabindu.com)