भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २ हजार ४२६ अझै बेपत्ता
annapurnapost.com · Sat Aug 29 06:27:00 GMT 2026

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट हालसम्म ६२६ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट ६२६ जनाको मृत्यु र २ हजार ४२६ जना अझै सम्पर्कविहीन भएको जनाएको हो।
प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१ र चितवनमा २३३ जना छन्। कतिपयको आंशिक मानव अंग मात्र रहेको छ।
Read full story at source (annapurnapost.com)