गाईजात्रामा दिवङ्गतको सम्झना, झाँकीसहित नगर परिक्रमा [२६ तस्बिरमा]
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गरिएको छ । यसरी निकालिएका गाईलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न तथा द्रव्य दान गर्ने परम्परा छ । गाई नगर परिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका व्यक्तिले गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।
यही विश्वासका आधारमा राजधानीको वसन्तपुर, असन, इन्द्रचोक, बाङ्गेमुढा, लगन, ओमबहाल, टेकु, त्रिपुरेश्वर, क्षेत्रपाटी, ठमेल, बागबजार, डिल्लीबजार, जयवागीश्वरी, चावहिल, गोकर्ण, साँखु, टोखा र कीर्तिपुरलगायत स्थानमा गाईजात्राका झाँकी निकालिएका छन् ।
Read full story at source (hamrakura.com)