बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते
ratopati.com · Mon Jun 01 03:57:37 GMT 2026

धनगढी । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। बडीमालिका नगरपालिका २ भौनेरामा सोमबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार मार्तडी गौमुल पक्की सडकखण्ड अन्तर्गत भौनेरा क्षेत्रमा गुडिरहेको से २ त ३६४८ नम्बरको ट्याक्टरको ब्रेक फेल भई दुर्घटना भएको हो।
Read full story at source (ratopati.com)