राष्ट्र विरोधी अभिव्यक्ति दिने बालेन देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन : पूर्वप्रधानमन्त्री खनाल
annapurnapost.com · Mon Jun 01 04:12:40 GMT 2026

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहको राजीनामा मागेका छन्। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिएको भन्दै उनले देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताएका हुन्।
आइतबार बालेनले संसदमा भनेका थिए,‘मैले पनि अस्ति प्रधानमन्त्री भएपछि थाहा पाएको कुरा भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि, यो कुरा अस्ति भर्खरै मात्र थाहा भयो।’ उक्त अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भइरहेको छ।
Read full story at source (annapurnapost.com)