नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्यो
annapurnapost.com · Thu Jul 16 09:32:04 GMT 2026

काठमाडौं : सेयर बजार आज पनि सकारात्मक देखिएको छ। अघिल्लो दिन बुधबार १४ अंकले वृद्धि भएको नेप्से परिसूचक यसदिन ७.५० अंकले बढेर २५९७.८० विन्दुमा अडिएको छ। परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ।
यसदिन ३७१ वटा स्क्रिप्सको ९४ लाख ६९ हजार ९९ कित्ता सेयर ४ अर्ब ५६ करोड २९ लाख ५० हजार ७०० रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन बुधबार ४ अर्ब १७ करोड मूल्य बराबरको कारोबार भएको थियो।
Read full story at source (annapurnapost.com)