सम्पत्ति छानबिन आयोगको काम तत्कालका लागि स्थगित (सूचनासहित)
canadanepal.com · Thu Jul 16 09:39:36 GMT 2026

काठमाडौँ- सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोग, २०८३ ले आफ्नो सम्पूर्ण काम कारबाही तत्कालका लागि स्थगित गरेको छ। आयोगले आज (२०८३ असार ३२ गते) एक सार्वजनिक सूचना जारी गर्दै सम्पत्ति विवरण सङ्कलन तथा छानबिनका सम्पूर्ण कार्यहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो।
नेपाल सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले गत असार २९ गते 'सूचना नं. ४' प्रकाशित गरी पूर्व न्यायाधीश, संवैधानिक निकायका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारीबाहेकका अन्य सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन गर्ने कार्य अघि बढाएको थियो।
Read full story at source (canadanepal.com)